१० जना शिक्षक राष्ट्र निर्माता पुरस्कारद्वारा सम्मानित

IMG-20230912-WA0282.jpg

गान्तोक: रोटरी क्लब अफ् गान्तोकको पहलमा आज राजभवनमा राष्ट् निर्माता पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आज यस कार्यक्रम अन्तर्गत राज्यका छ वटा जिल्लाका विभिन्न विद्यालयका दस जना शिक्षकहरूलाई राष्ट्र निर्मता पुरस्कारले सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले रोटरी कल्बले स्थापनाकालदेखि अहिलेसम्म गरेको विभिन्न प्रकारको कार्यको उनले हृदयबाट प्रशंसा गरे। उनले जानकारी गराए अनुसार यस संस्थाले वर्ष २०१६ देखि राष्ट्र निर्माता पुरस्कार शुरू गरेको र हालसम्म राज्यका विभिन्न विद्यालयका शिक्षकवर्ग उक्त पुरस्कारले सम्मानित भइसकेको अवगत गराए। शिक्षकहरू राष्ट्रका निर्माता भएको कारणले उनीहरू पुजनीय रहेको बताए। यस कार्यक्रममा उनले शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने डा. सर्वपल्ली राधा कृष्णणको पनि सम्झना गरे। मानव जातिको निर्माण समाजबाट हुने भएकोले गर्दा शिक्षित बनेपछि समाज र राष्ट्रलाई केही योगदान दिनुपर्ने राज्यपालले आग्रह गरे। विद्यार्थीहरू देशका भविष्य रहेको कारण राष्ट्र निर्माणमा उनीहरूको पनि ठूलो योगदान हुनुपर्ने राज्यपालले आफ्नो सम्बोधनमा उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement