मुख्यमन्त्री तामाङले गरे दुईवटा शैक्षिक संस्थानको भर्चुउलरूपमा उदघाटन

IMG-20230912-WA0278.jpg

गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आज मेधावी स्किल युनिभर्सिटी अधिनस्थ दुईवटा शैक्षिक संस्थानहरु क्रमैले एमएसयु ओभरसिस वर्क फर मोबाइल हब अनि मेधावी पोली डायोगनेटिक सेन्टरको मुख्यमन्त्री प्रेम सिंह तामाङले भर्चुअलरूपमा उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले मेधावी विश्वविद्यालयका सम्पूर्ण टोलीलाई यस नव उपलब्धिकोलागि बधाई टक्राए। यसै कार्यक्रममार्फत उनले भारतका प्रधानमन्त्रीलाई पनि जी-२० को सफल समापनको लागि बधाई दिएका छन्।यस विश्वविद्यालयमा उपलब्ध गराइने शिक्षा र तालिमले सिक्किमका युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन सक्षम बनाउने कुरामा आफू विश्वस्त रहेको उनले मन्तव्य पोखे। यहाँबाट सिकाइने नयाँ फर्मुलाले विद्यार्थीहरुमा उच्चस्तरीय ज्ञान साथै जीविकोपार्जन गर्ने क्षमताको विकास हुने बताउँदै यो उद्घाटन नभएर नव शुरुआत रहेको उनले विचार व्यक्त गरे। यसले सिक्किमका युवाहरुका निम्ति अन्तर्राष्ट्रिय व्यवसाय र नौकरीको लागि ढोका खोलेको कुरा बताए। सिक्किमका धेरै गाउँहरुमा यसरी विश्वविद्यालयहरु स्थापना भएको कारणले गर्दा स्थानीय विद्यार्थीहरुलाई तथा स्थानीय वासिन्दालाई पनि विभिन्न तहमा धेरै सहयोग भइरहेको साथै क्षेत्रको पनि विकास भइरहेको जानकारी गराए। आफू यो पदमा आएदेखि नै उनले सिक्किममा विशेष शिक्षाको स्तरमा बढोत्तरी गर्नको निम्ति वहुमुखी कार्यको शुरुआत गरिसकेको कुरा अवगत गराए। आफ्नो राज्यका युवाहरुलाई सबै क्षेत्रमा पारंगत बनाउने आफ्नो परिकल्पना रहेकोले यी संस्थानहरुको शुरुआतले पनि उनको परिकल्पनालाई पूरा गर्नमा थप टेवा पुर्‍याउने कुरामा आफू विश्वस्त रहेको बताए। आज यस कार्यक्रमलाई सफल तुल्याउन देशका विभिन्न क्षेत्रबाट साथै विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुलाई उनले धन्यवाद टक्राए।

आजको यस कार्यक्रममा जर्मनीबाट र जापानबाट आएका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए। शिक्षा र कौशल विकासको क्षेत्रमा सक्षम तुल्याउन सिक्किमका विद्यार्थीहरुलाई आफ्नो देशमा रहेका संस्थानहरुमा स्वागत गर्न पाउँदा आफूहरु हर्षित रहेको कुरा बताए। सिक्किम मेधावी विश्वविद्यालयले राज्यका मुख्यमन्त्रीलाई उनको निरन्तर सहयोगकोलागि धन्यवाद स्वरुप सम्वर्धना जनाउने कार्य गऱ्यो। यस अवसरमा मेधावी विश्वविद्याका संस्थापक अध्यक्ष कुलदीप शर्मा, मन्त्री लोकनाथ नेपालले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement