पञ्चायत सम्मेलन आयोजनालाई लिएर तयारी सभा

IMG-20230912-WA0276.jpg

गान्तोक: आगामी ६-८ अक्टोबरमा सम्पन्न हुने पञ्चायत सम्मेलन तयारीलाई लिएर ग्रामीण विकास विभागका सचिव डी. आन्नदनको अध्यक्षतमा एक सभा सम्पन्न भयो। राजधानीस्थित मनन केन्द्रको संस्कृति विभागमा सम्पन्न भएको सभामा विभागका सचिव बसन्त कुमार लामाको पनि उपस्थिति रहेको थियो। उक्त सभामा आगामी ६-८ अक्टोबरमा सम्पन्न हुने पञ्चायत सम्मेलनमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहने सचिव तामाङले जानकारी गराए। यसै क्रममा पञ्चायत सेलका उपाध्यक्ष तेञ्जिङ नोर्बु लाम्ठाले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति टिम वर्क भएर एक अर्कामा समन्वय राखेर काम गर्नुपर्ने आग्रह गरे। यसरी नै सचिव डी. आनन्दनले कार्यक्रमको तयारीका लागि रणनीतिहरू बारेमा एक सिंहावलोकन गरे। सो कार्यक्रमलाई भव्यरूपमा सफल तुल्याउनको निम्ति लाइन विभागहरूले गर्नुपर्ने कर्तव्यबारे प्रकाश पारे।साथै उनले प्रत्येक विभागका प्रभारीहरूलाई आवश्यक तयारी गर्न आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन प्रभावकारी रुपमा तयारी गर्नुपर्ने सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement