४६.५५ लाख रूपियाँको गोल्ड पेस्टका साथ महिला पक्राउ

00-1-Rajya-Samachar-8

काेलकाता: उत्तर २४ परगनामा भारत बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) ले ४६,५५,९७६ रूपियाँको गोल्ड पेस्टको साथ एक महिला तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकी महिला मुम्बईकी हुन्।

महिलादेखि ७८१.८६ ग्राम सुनको पेस्ट उद्धार गरिएको छ, जसको अनुमानित दर ४६ लाख ५५ हजार ९७६ रूपियाँ छ।

महिलाले सुनको पेस्ट इन्सुलेशन टेपमा बटारेर ल्याएकी थिइन्। महिलाले त्यसलाई आफ्नो शरीरमा लुकाएर राखेकी थिइन् तर ठोस सूचनाको आधारमा बीएसएफ जवानहरूले उसलाई समाए। बांग्लादेशमा उसको कारोबार रहेको थाहा लागेको छ। अधिक जानकारीको निम्ति महिलासित सोधपुछ जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement