रक्षामन्त्रीले राष्ट्रलाई समर्पित गरे अरूणाचल प्रदेशमा निर्मित ५०० मीटर लामो ‘नेचिफू सुरुङ’

qfcpvbu7zeitaifb_1694520421.jpeg

आठ सीमावर्ती राज्य औ तीन केन्द्रशासित प्रदेशहरूका ९० बुनियादी परियोजनाहरूको उद्घाटन

न्योमा एयरबेसलाई अपग्रेड गर्ने कार्यको शुभारम्भ, दुनियाँको सबैभन्दा अग्लो लड़ाकू हवाई क्षेत्र हुनेछ

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले मंगलवार अरूणाचल प्रदेशको बालीपारा-चार द्वार-तवांग (बीसीटी) रोडमा ५०० मीटर लामो ‘नेचिफू सुरुङ’- को उद्घाटन गरे। उनले जम्मूको देवक पुल सहित सीमा सड़क संगठन (बीआरओ)- का ९० बुनियादी ढाँचा परियोजनाहरूलाई राष्ट्रप्रति समर्पित गरे। यी सबै परियोजनाहरू देशका आठ सीमावर्ती राज्य अनि तीन केन्द्रशासित प्रदेशहरूमा छन्। यसको साथै उनले विश्वकै सबैभन्दा अग्लो लड़ाकू हवाई क्षेत्रको निर्माणहेतू लद्दाखको न्योमा एयरबेसलाई अपग्रेड गर्ने कार्यको उद्घाटन पनि गरे।

रक्षामन्त्रीले जम्मू-कश्मीरको साम्बा जिल्लामा आयोजित समारोहमा यी परियोजनाहरूको भर्चुअली उद्घाटन गरे। उनले बीआरओका उपलब्धिहरू बारे विस्तृत रूपमा जानकारी गराउँदै भने, तपाईहरूले आफ्नो प्रयासबाट कठिनलाई पनि सहज बनाउनुभयो। देशका नागरिकहरूले सीमा क्षेत्रको विकासलाई एउटा उपलब्धिको रूपमा हेर्न बन्द गरेका छन्, किनभने हिजोआज सामान्य कुरा भएको छ। एउटा महत्वाकांक्षी परियोजना शुरू गर्नु र त्यसलाई समयमै पूरा गर्नु नयाँ भारतको लागि अब सामान्य कुरा भएको छ। जसरी एकजना न्यूरोसर्जनको काम कठिन हुन्छ, तर बिस्तारै विशेषज्ञता हासिल गर्दै गएपछि उसको दक्षता बढ़्दछ। जसरी इसरोले चन्द्रमाको शिव शक्ति प्वोइन्टमा सफल सफ्ट ल्याण्डिंग गऱ्यो। एक समय थियो जतिबेला इसरोको लागि उपग्रह लञ्च गर्नु पनि कठिन थियो, तर अब इसरोले यतिसाह्रो विशेषज्ञता हासि गरिसकेको छ कि अब चन्द्रमा र मंगल ग्रह मात्र होइन, सूर्यसम्म पुगिसकेको छ। यसरी नै दुर्गम क्षेत्रहरूमा बुनियादी ढाँचाको विकास गर्नु बीआरओको लागि एउटा सहज काम भएको छ।

वास्तवमा नेचिफू ‘पास’ वरपरको मौसम प्रायजसो नै कुहिरोले धमिलो हुन्छ जसले गर्दा दशकौंदेखि सामान्य यातायात अऩि सैन्य लस्करलाई समस्या हुँदै आएको थियो। यसैलाई ध्यानमा राखेर यहाँ सुरुङ निर्माण गरिएको हो। सुरुङमा अत्याधुनिक इलेक्ट्रो-म्याकेनिकल सिस्टम जड़ान गरिएको छ जसमा अग्निशामक उपकरण, अटो रोशनी प्रणाली औ डेटा अधिग्रहण (स्काडा) नियन्त्रित निगरानी प्रणाली सामेल छन। सुरक्षित पैदल हिँड़्नेहरूको आवागमनको लागि सुरुङको दुवैतिर फुटपाथ निर्माण गरिएको छ जसको धरातलमा पावर केबल र अप्टिकल फाइबर केबल बिछ्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement