अलीपुरद्वार: मंगलवार बिहान जिल्लाको बीरपाड़ा थाना ढेकलापाड़ाबाट एक ह्रदयविदारक घटना अघि आएको छ। घरमा खेलिरहेको एकजना नानीलाई चितुवाले उठाएर लगेको छ। घरदेखि लगभग सय मीटरको दूरीमा नानीको शव भेटिएकोले क्षेत्रमा सनसनी फैलियो।
घटना हिजो राति ढेकलापाड़ा चिया कमानको नेपानिया डिभिजनमा घटेको हो। मृत बालकको नाम सन्नी उराव हो।
प्राप्त जानकारी अनुसार, सोमवार बालक आफ्नो घरमा खेलिरहेको थियो। अचानक चितुवा घरमा पस्यो। परिजनहरूले केही बुझ्न अगावै चतुवाले घरमा खेलिरहेको बालकलाई मुखले समाएर लिएर गय़ो। य़सपछि परिजनहरूले हल्ला गर्दै जंगलतिर भाग्दै चितुवालाई पछ्याए। यसपछि घरदेखि लगभग १०० मीटर टाड़ा बालक गम्भीर अवस्थामा फेला पऱ्यो।
परिजनहरूले बालकलाई पीरपाड़ा स्टेट अस्पताल लिएर गए, जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। घटनापछि ग्रामीणहरू उत्तेजित भएर पीरपाड़ा अस्पताल परिसरमा वनकर्मीहरू र पुलिसलाई घेरेर जमेर विरोध प्रदर्शन गरे।
स्रमण रहोस्, २२ जूनको दिन पनि नेपनिया डिभिजनमा एकजना नानीमाथि चितुवाले हमला गरेको थियो। नानीलाई गम्भीर चोट लागे पनि नानी बाचेका छन्।