आरएसडीडब्ल्यूए स्क्वायर र एफएफसी रम्बी प्री-क्वार्टर फाइनलमा

photocollage_2023912213034824.jpg

१२ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा रोंगचोंग सुन्तले ड्राइभर वेलफेयर एसोसिएशन (स्क्वायर)-ले टीटीएस टिस्टा भेल्लीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक दर्जीले २ गोल र रोनिक राईले १ गोल गरे। यसरी दिनको दोस्रो म्याचमा एफएफसी रम्बीले आयोजक पीवाईएस-को बी टीमलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा पीवाईएस बी-बाट विजय राई र एएफसी रम्बीबाट अविनाश भुजेलले गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement