चियाबारी क्षेत्रमा ५ डेसीमल पट्टा सम्बन्धित सर्भे स्थगित राख्ने राज्य सरकारको आदेश

IMG-20230901-WA0214.jpg

मैले जनताको मनको कुरा सरकार समक्ष पुर्याए र सरकारले पनि हाम्रो कुरा सुनिदिए: अनित थापा

दार्जिलिङ: मैले जनताको मनको कुरा सरकार समक्ष पुर्याए। सरकारले पनि हाम्रो कुरा सुनिदिए। अब पट्टाको निम्ति गरिने सर्भे स्थगित गरिएको छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले चियाबारी क्षेत्रमा ५ डेसीमल पट्टा सम्बन्धित सर्भे स्थगित राख्ने राज्य सरकारको आदेश रहेको जानकारी गराएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कमानवासीलाई जमीनको पट्टा दिलाउने आफ्नो चुनावी प्रतिज्ञालाई पूरा गर्दै राज्य सरकारसँग विमर्श गरेर पट्टा दिलाउने अधिसूचना निकाल्न समर्थ भएको थियो। राज्यले गत १ अगस्त २०२३ को दिन अधिसूचना जारी गरेर ५ डेसिमल सम्मको घडेरी पट्टा दिने पहल शुरु गरेको थियो। पट्टा दिलाउने क्रममा जमीनको सर्भे गर्नु पहिलो कदम हो। त्यसको निम्ति लाभार्थीले फारम भर्नु पर्ने हुन्छ। तर कमानवासीले ५ डेसिमल सम्मको दिइने घडेरी पट्टालाई स्वीकार गरेनन्। कमानवासीको तर्क थियो कि कमानमा हामी भारत स्वतन्त्र हुनुभन्दा अघिदेखि आएर बसोबासो गर्दै आएका हौं। हाम्रोमा घर बाहेक सुँगुर बाख्राको खोर, कोठेबारी, सुन्तला बारी, अलैँची बारी सम्म छ। यी सबै जमीनको पनि पट्टा चाहिन्छ। यो थियो कमानवासीको मांग। यही विषयमा अनित थापाले भने, मैले शुरुमा भनेको थिए, अहिले घडेरी पट्टा दिइँदैछ। अन्य जमीनको निम्ति कृषि पट्टाको निम्ति पहल सुरु पनि गरेको थिए। वर्षौंदेखि खेतीवारी गरेर बसेका कमानवासीले घडेरी मात्र होइन सबै जमीनको पट्टा एकसाथ नै दिलाइदिने मांग गरे।’
उनले अझ भने, नेतृत्वले जनआकाङ्क्षाको बिरुद्ध कहिले कार्य गर्दैन। जन आकाङ्क्षाको बिरुद्ध जाने नेतृत्व जननेता नै होइन। त्यसैले हामीले ५ डेसिमल सम्म दिइने घडेरी पट्टाको च्याप्टर नै क्लोज गर्नु पर्छ भन्ने निर्णय लियौं।’
थापाले विज्ञप्ति जारी गर्दै भनेका छन् – ९ सेप्टेम्बरको दिन कालेबुङमा आयोजना गरिएको भागोप्रमोको तेस्रो स्थापना दिवसको सम्बोधनमा मैले भने कि म जनआकांक्षाको विरुद्धमा काम गर्ने छुइन। मैले कमानवासीको गुनासो सुने अनि स्वीकार पनि गरे। आज देखि ५ डेसिमल होइन तर अधीनमा रहेको जम्मै जमीनको पट्टा दिलाउनेछु भनेर आफ्नो प्रणलाई सार्वजनिक पनि गरे। त्यही घोषणा अनि प्रण अनुसार मैले राज्य सरकारको मुख्य सचिवलाई कमानवासीको अधीनमा रहेको सबै जमीनको पट्टाको मांग गर्दै पत्राचार गरे। आज मलाई यो खबर दिँदा आत्मसन्तुष्टि अनि आनन्द लागि रहेको छ कि भूमि अनि भूमि सुधार बिभागले एउटा सूचना जारी गरेर ५ डेसिमल पट्टा दिलाउन गरिने सर्भेलाई अघिल्लो आदेश सम्म स्थगित राखिएको छ। सर्भेलाई स्थगित/ रोकिएको आदेश जीटीए क्षेत्र (दार्जीलिङ्ग अनि कालेबुङ जिल्ला) मा लागू हुनेछ।’
उनले अघि भने, पञ्चायत चुनाव समय हामीले भनेका थियौं, हाम्रो गठबन्धन जनता सँगको गठबन्धन हो। गठबन्धनको धर्म निभाउदै हामीले जनताको मनको कुरा सुन्यौ अनि बुझ्यौं। त्यहि जनताको मनको कुरा सरकार समक्ष पुर्यायौ। मैले पनि सरकारलाई साथै सम्बन्धित अधिकारीहरूलाई जनताको कुरा स्पष्ट रूपमा राख्नु सके। सरकारले हाम्रो कुरा सुन्यो।
आजदेखि भूमि अनि भूमि सुधार विभाग या कसैले पनि पट्टाको निम्ति जमीनको सर्भे गर्ने छैन। यो मेरो वचन हो कमानवासीलाई। अधीनमा रहेको सबै जमिनको अधिकार दिलाउने पट्टा नै हाम्रो मांग हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement