मालुटार र सिमरिङ चियाबारी क्षेत्रमा बिजुली बत्ती सधैं जाने गरेकोले स्थानीयहरू असुविधामा

IMG-20230912-WA0260.jpg

खरसाङ ( 12 सेप्टेम्: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको मालुटार र सिमरिङ चियाबारी क्षेत्रमा लगातार रूपमा बिजुली बत्ती जाने गरेको कारणले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। दैनिक रूपमा बत्ती जाने गरेकोले कुनै पनि कार्यक्रम गर्न धेरै असुविधा भईरहेको बताइएको छ। बत्तीको बील एकदिन ढिलो हुँदै लेट फी लाग्छ तर यसरी लगातार रूपमा बत्ती जाँदा पनि कुनै व्यवस्था नगरिएको बताइएको छ। यस विषयमा मालुटार र सिमरिङ क्षेत्रका मानिसहरूले एक भिडियो जारी गरेर सधैं बिजुली बत्ती गईरहेको गुनासो पोखेका छन्। यस विषयमा एक जारी गर्दै मालुटारबाट पूर्ण लामाले भने अनुसार हामीले बिजुली बत्तीक लागि अनुरोध गरेका छौं कारण बर्खामा त बत्ती जान्छ नै तर यो समयमा पनि लगातार रूपमा बत्ती जाने गरेकोले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको बताएका छन्। उनले हामीले खरसाङबाट तान्दा कुनै डिस्टर्ब नभएको तर सिटोङको जोगीघाटतिरबाट आएको यो लाइन धेरै जिस्टर्ब भईरहेको बताएका छन्। लामाले बत्तीको बील एकदिन ढिलो हुँदा लेट फि लाग्छ तर यसरी लगातार रूपमा बत्ती जाँदा पनि विद्युत विभागले ध्यान नदिएको बताएका छन्। त्यसरी नै सिमरिङबाट रञ्जन वाईबाले यस विषयमा बोल्दै भने,केही दिनदेखि मालुटार र सिमरिङ क्षेत्रमा बत्ती जाने क्रम जारी रहेको छ साथै कोही बेला त लगातार तीन दिनसम्म बत्ती जानो गरेकोले धेरै असुविधा भईरहेको छ। बत्ती नभएपछि कुनै कार्यक्रम पनि गर्न नसकिएको अवस्था छ।’
त्यसरी नै सिमरिङबाट छुनु लामाले पनि बत्ती जाने विषयमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement