भाजपाले चिया सम्मेलन आयोजना गर्ने

00-1-A-IMG-20230912-WA0205

सिलगढी: चिया बगान मजदुरका विभिन्न मागलाई लिएर भाजपाले चिया सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन अक्टोबर १ मा दागापुर मैदानमा भाजपा शीर्ष नेतृत्वको उपस्थितिमा हुनेछ। चिया बगानका मजदुरलाई भाडामा उपलब्ध गराउन, न्यूनतम पारिश्रमिक बृद्धि, केन्द्र सरकारको सामाजिक सुरक्षा योजना कार्यान्वयनलगायतका विविध मागसहित र्‍याली निकालिने छ। केन्द्रीय मन्त्री जोन बरला र सांसद राजु विष्टले मंगलबार सिलगढी संगठनात्मक जिल्ला भाजपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement