भोलेन्टीयर्स शिक्षकहरूका पेन डाउन हड़तालले सोनादा क्षेत्रका विद्यालयहरूमा पढाई प्रभावित

IMG-20230912-WA0259.jpg

सोनादा: जीटीए क्षेत्रका भोलेन्टीयर्स शिक्षक शिक्षिकाहरू पेन डाउन हड़तालमा गएपछि अहिलेको समय पहाड़मा शिक्षा क्षेत्रमा धेरै असुविधा देखिएको छ। यस्तै असुविधा सोनादा क्षेत्रमा पनि देखिएको छ। सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा पनि भोलेन्टीयर्स शिक्षकहरूका पेन डाउन हड़कालले धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। विशेष गरेर सोनादाको यस विद्यालयमा एघारौं र बाह्रौं श्रेणीमा विज्ञान र कमर्स विषय पनि पढाइने भएकोले भोलेन्टीयर्स शिक्षकहरूका पेन डाउन हड़तालले निक्कै प्रभाव पारिरहेको देखिएको छ।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक कल्याणकुमार तामाङले भोलेन्टीयर्सहरूका आन्दोलनले विद्यालयको पढाईमा धेरै असुविधा भईरहेको बताएका छन्। उनले यस विषयमा भने, म आन्दोलनको विरोधमा गएको होइन तर पक्षमा पनि भन्नु केही छैन। तर एउटै कुरा छ कि आन्दोलनले स्कूलको पढाईमा प्रभाव परिरहेका छन् अनि यस अान्दोलनले नानीहरूका पढाईमा साथै विद्यालय प्रशासनलाई धेरै असुविधा भईरहेको छ। किनभने यहाँ हाम्रोमा कमर्स र विज्ञान विषयमा पढाईरहेका छौं।’

उनले हाम्रो विद्यालयको पक्षमा सम्बन्धित निकायमा पत्रचार गर्ने निधो गरेको पनि बताएका छन्। प्रधान अध्यापक कल्याणकुमार तामाङले अघि भने, भोलेन्टीयर्स भाइ बहिनीहरूका अनुपस्थितिले पढाईमा धेरै असुविधा भईरहेको छ। यसक लागि हामी पहल गर्न सक्दैनौं तर विद्यालयको तर्फबाट सम्बन्धित निकायबाट पत्रचार गर्नेछौं।’ उनले अझ भने, भोलेन्टीयर्स शिक्षक शिक्षिकाहरूका अनुपस्थितिमा स्कूलमा विज्ञान र कमर्स विषयमा नानीहरूलाई पढाउन असुविधा भईरहेको छ कारण उनीहरूबाहेक अरूले पढाउन सक्दैन। त्यसैले पनि विद्यालयक समस्या समाधानको लागि पत्रचार गरेर केही समाधानको बाटो निस्कन्छ कि भन्ने आशा छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement