गेजिङ जिल्लाकी जिल्लापालले गरिन देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण

IMG-20220711-WA0199.jpg

गान्तोक: गेजिङ जिल्लाका जिल्लापाल वाइडी योङदाको नेतृत्वमा देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण गरेको जानकारी गराइएको छ। निरीक्षणको क्रममा गेजिङ जिल्ला अस्पतालका प्रमुख मेडिकल अधिकारी डा. विकास प्रधान लगायत अन्य चिकित्सकहरू पनि सामेल रहेका थिए।

यस अवसरमा जिल्लापालले विशेष गरेर कोविड -१९ को खोपबारे जानकारी लिँदै उनले कोविड-१९ को खोपबारे विस्तृतरूपमा अवगत गराइन्। निरीक्षणको क्रममा उनले सबै पीएचसीले कोविड-१९ को खोपबारे राम्रो पहल गरिरहेको जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement