१२ सेप्टेम्बरः पाकिस्तानका पेस बलर हारिस रऊफ र नसीम शाह चोटले गर्दा एशिया कप क्रिकेट टुर्नामेण्टको रहल म्याचहरूमा अनिश्चित हुन पुगेका छन्। यी दुई खेलाड़ीलाई भारत विरुद्ध सुपर फोर राउण्डको म्याचमा चोट लागेको थियो। पाकिस्तानी टीम म्यानेजमेण्टले परिस्थिति बुझेर शाहनवाज दहानी र जमान खानलाई रऊफ र नसीमको ब्याकअपको रूपमा टीममा सामेल गरेको छ। पाकिस्तानको टीमद्वारा जारी बयानमा भनिएको छ, पाकिस्तानले शाहनवाज दहानी र जमान खानलाई ब्याकअपको रूपमा टीममा सामेल गरेको छ। भारत विरुद्ध म्याचमा हारिस रऊफ र नसीम खानलाई चोट लागेपछि यस्तो फसेला लिइएको छ। आउँदो महिना शुरु हुने वर्ल्ड कपलाई ध्यानमा राखेर यस्तो फसेला लिइएको हो। उल्लेखनीय छ, रऊफले आइतवार केवल ५ ओभर बलिंग गरे अनि सोमवार रिजर्भ डे-मा खेल शुरु हुँदा उनी मैदानमा ओर्लिएनन्। उनले ब्याटिंग पनि गरेनन्। नसीमले पनि चोट लागेर मैदान छोड़्नु पऱ्यो। हातमा चोट लागेको हुनाले उनले पनि ब्याटिंग गरेनन्। म्याचमा पाकिस्तानको ईनिंग्स केवल १२८ रनमा समाप्त हुँदा भारत २२८ रनको रेकर्ड अन्तरले विजयी भएको थियो। पाकिस्तानको अघिल्लो म्याच बिहीवार श्रीलंका विरुद्ध रहेको छ।