छोराद्वारा पिताको हत्या

00-1-Rajya-Samachar-8

हावड़ा: हावड़ामा एकजना छोराले आफ्नै पिताको हत्या गरेको घटनाले सनसनी मच्चिएको छ। छोराले आफ्नो पत्नी र पिताको अवैद्य सम्पर्क रहेको सन्देहमा पिताको हत्या गरेको बताईएको छ। पिताको हत्या पश्चात छोराले उदयनारायणपुर थानामा गएर आत्मसमर्पण गरेको बताईएको छ। पारिवारिक सुत्रबाट थाह लागे अनुसार, हत्यारा छोरा विनय घोरुई उमेर ३० आफ्नो स्वास्नी र दुई छोरा र छोरीलाई लिएर उदयनारायणपुरको कुर्ची गाउँमा बस्दै आईरहेको थियो। घरमा पिता, आमा अनि ठूलो दाजु पनि एकसाथ बस्दै आईरहेको थियो। विनयले पत्नीलाई आँखा लगाउँदै आईरहेको र पत्नीलाई कुटने गर्दथे। एकदिन यसरी नै स्वास्नीलाई कुटेको देख्दा पिता भूतनाथ घोरुई उमेर ५८ ले छोरालाई रोक्न जाँदा आफ्नै पिता र पत्नीबीच अवैद्य सम्पर्क रहेको शंका गर्न थालेको थियो।
आईताबारको दिन पिता भूतनाथ घोरुई सुतिरहेको समय रिसले चुर छोरा विनय घोरुईले पितामाथि धारिलो चक्कुले हमला गर्दा घटनास्थलमा नै पिताको मृत्यु भएको थियो। पिताको हत्या गरेर छोरा विनय घोरुईले उदयनारायणपुर थानामा गएर आत्मसमर्पण गरेको थियो। पुलिसले प्राथमिक जाँचमा शंकाले गर्दा पिताको हत्या भएको आशङ्का गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement