मुख्यमन्त्री ममता ब्यानर्जीलाई दुबई लैजाने विमानमा प्राविधिक गडबडीका कारण तीन घण्टा ढिलो

CM-Mamta-Banerjee-4

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई दुबई लैजाने उडान प्राविधिक गडबडीका कारण कम्तिमा तीन घण्टा ढिलो भएको छ। एक अधिकारीले मंगलबार सो जानकारी दिएका हुन्। मुख्यमन्त्री ममता ब्यानर्जी र उनको टोली स्पेन र दुबईको १२ दिने भ्रमणका लागि मंगलबार बिहान ८:३० बजे नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम थियो। प्राविधिक गडबडीका कारण उनको उडान कम्तिमा तीन घण्टा ढिलो भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। मुख्यमन्त्री र उनको प्रतिनिधिमण्डललाई युएई लैजाने विमान दुबईबाट ढिलो आइपुग्यो, एयरपोर्टका एक वरिष्ठ अधिकारीले भने, कनेक्टिङ उडान नहुँदा मुख्यमन्त्री रातभर दुबईमा बसेर भोलिपल्ट स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्नेछन्।

विमानस्थलमा मुख्यमन्त्रीले भनिन्, ‘यस वर्षको अन्तर्राष्ट्रिय कोलकाता पुस्तक मेलाको विषयवस्तु स्पेन थियो। उनीहरू उत्पादन र अन्य उद्योगहरूमा राम्रो छन्। हामी त्यहाँ व्यापार सम्मेलनहरूमा भाग लिनेछौंl’ उनले भनिन्, ‘उनीहरू (विदेशी प्रतिनिधि) बारम्बार आउँछन्, हामी जाँदैनौं। त्यसैले अब हामी त्यहाँ जाँदैछौं। दुबईमा व्यावसायिक सम्मेलन पनि हुनेभएको छ। समय समयमा जानकारी गराइरहनेछु।’ मुख्यमन्त्रीसँगै मुख्य सचिव एच.के. द्विवेदी र प्रसिद्ध कोलकाता फुटबल क्लब मोहन बागान, ईस्ट बंगाल र मोहमेडन स्पोर्टिङका वरिष्ठ अधिकारीहरू पनि त्यहाँ हुनेछन्।

उनले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली हाल लण्डनमा रहेको र मड्रिडमा आफ्नो प्रतिनिधिमण्डलमा सामेल हुने बताइन्। उनले मंगलबार राज्य सचिवालय ‘नवान्ना’मा पत्रकारहरूलाई भनिन्, ‘हामी तीन दिन म्याड्रिडमा बस्नेछौं। यस अवधिमा हामी व्यावसायिक शिखर सम्मेलनमा भाग लिनेछौं र गैरआवासीय बंगालीहरूलाई भेट्नेछौं। त्यहाँबाट हामी बार्सिलोनाको लागि रेल चढ्नेछौं, जहाँ हामी ‘बङ्गाल ग्लोबल बिजनेस समिट’ (बीजीबीएस)को दुई दिने बैठकमा भाग लिनेछौंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement