‘जवान’को प्रभाव पुलिसमा!

00-1-Jawan-3

कोलकाता: बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’को जादुले देशवासीलाई प्रभावित बनाएको छ। यो फिल्मको क्रेज हरेक वर्गमा देखिएको छ। कमाईका हिसाबले अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेको यसबाट फिल्मको लोकप्रियताको अनुमान लगाउन सकिन्छ। साउथका चर्चित निर्देशक एटली कुमारको निर्देशनमा बनेको फिल्म ‘जवान’को जादुले पुलिस विभागमा पनि प्रभाव पारेको छ। अब कोलकाता पुलिसले चलचित्रको पोस्टरलाई आफ्नो कामको हिस्सा बनाएको छ। अब कोलकाता ट्राफिक पुलिसले ट्वीटरमा फिल्म ‘जवान’ को पोस्टर राखेर हेल्मेट लगाउन सल्लाह दिएको छ। कोलकाता पुलिसले हेलमेट नलगाउँदा हुने दुर्घटनाबाट बच्न महानगरका सर्वसाधारणलाई हेल्मेट लगाउन सुझाव दिएको छ। पुलिसले ‘जवान’ फिल्मको चर्चित पोस्टर (जसमा शाहरुख खानको अनुहारमा पट्टी लगाइएको छ) पोस्ट गर्दै हेलमेट बिना बाइक चलाउने सिपाहीको टाउकोमा पनि पट्टी बाँधिएको लेखेको छ। तर, पुलिसले पोस्टरमार्फत यस विषयमा लापरवाही गर्नेलाई दुई चक्के सवारीसाधन चलाउँदा हेल्मेट लगाउन सुझाव दिएको छ। कोलकाता पुलिसले यी मानिसहरूलाई अप्रत्यक्ष रूपमा दुई चक्के सवारीसाधन चलाउँदा हेल्मेट लगाउनुपर्छ, नत्र दुर्घटनापछि तपाईलाई पनि त्यस्तै हुने बताएको छ। सेफ ड्राइभ सेभ लाइफ अभियान अन्तर्गत, कोलकाता पुलिसले मानिसहरूलाई बाइक चलाउँदा हेलमेट लगाउन निरन्तर सचेत गराउँछ। हेल्मेट नलगाई मोटरसाइकल चलाउने विरुद्ध पुलिसले हरेक दिन अभियान चलाउने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement