गान्तोक: उत्तर सिक्किमको मंगन-चुङथाङ सडक मार्ग अन्तर्गत टुङ चेकपोष्ट नजिकैको वाङ खोलामा वाहन भीषण दुर्घटना भएको छ। सोमबार राति भएको उक्त दुर्घटनामा परी चालक टेक बहादुर लिम्बूले ज्यान गुमाएका छन्। प्राप्त जानकारी अनुसार, दुर्घटनाका समय चालक एक्लै यात्रा गरिरहेका थिए। उत्तर सिक्किमको मानुल निवासी टेक बहादुर लिम्बूको वाहन दुर्घटनामा पर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ। वाहन चुङथाङबाट मंगन फर्किने क्रममा दुर्घटनामा परेको थाहा लागेको छ। -हिस