एकल प्लास्टिक प्रयोगमाथि प्रदूषण नियन्त्रण बोर्डको बैठक सम्पन्न

IMG-20220711-WA0198.jpg

गान्तोक: १ जुलाईदेखि राज्यमा एकल प्रयोग प्लास्टिकमाथि प्रतिबन्ध लगाएको विषयलाई ध्यानमा राख्दै यसको कार्यान्वयनबारे आज जिल्ला प्राधिकरणहरूसँग राज्य प्रदूषण नियन्त्रण बोर्डको महत्वपूर्ण बैठक सम्पन्न भयो। प्लास्टिक फोहोर प्रबन्धन संशोधित ऐन २०२१ कार्यान्वयनबारे बैठकमा राज्यभरिका स्थानीय निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा जिल्लापालहरू, पुलिस अधीक्षकहरू, आयुक्त अनि नगरपालिकाका कार्यकारी अधिकारीहरू, खण्ड विकास अधिकारीहरू, वन एवं पर्यावरण विभागका अधिकारीहरू उपस्थित रहेका थिए। बैठकमा राज्य प्रदूषण नियन्त्रण बोर्डका मेम्बर सेक्रेटेरी डा. गोपाल प्रधानले एकल प्लास्टिक प्रयोगले गर्दा भोग्नुपर्ने समस्याहरूबारे सचेत गराए। माइक्रो प्लास्टिकको हानिकारक प्रभावबारे बोल्दै उनले पर्यावरण अनि मानव स्वास्थ्यको निम्ति यसले नकरात्मक प्रभाव पार्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement