मुम्बई: सातारा जिल्लाको खटाव खण्ड अन्तर्गत पुसेवाड़ीमा सोशल मीडियामा आपत्तिजनक पोस्टलाई लिएर दुई गुटमाझ भएको भिड़न्तमा एकजना व्यक्तिको मृत्यु भयो भने दशजना घाइते भए। यस घटनामा सामेल तेइसजनालाई हिरासतमा लिइएको छ। कोल्हापुर विभागका विशेष पुलिस महानिरीक्षक सुनील फुलारीले सो जानकारी मीडियालाई दिएका हुन्। सुनील फुलारीले गए सोमबार अबेर राति घटनास्थलको जानकारी लिए। उनले भने, ‘एक संदिग्ध व्यक्तिको सोशल मीडिया अकाण्टमा केही आपत्तिजनक टिप्पणी पोस्ट गरिएको थियो। पोस्टको सम्बन्धमा सम्बन्धित व्यक्तिलाई जाँचबुझ गरिरहेको थियो त्यसैबेला केही युवाहरूको भीड़् त्यहाँ थपियो। त्यसपछि युवाहरूमाझ झड़प शुरू भयो। भीड़ले सार्वजनिक सम्पत्तिलाई पनि नोक्सान पुऱ्याउने प्रयास गऱ्यो। केही वाहनहरूमा आगो लगाइदियोl’ उनले बताएअनुसार, यस घटनामा लगभग दशजना मानिसहरू घाइते भएका छन्, एकजनाले ज्यान गुमाएका छन् र तेइस संदिग्धलाई हिरासतमा लिइएको छ। आपत्तिजनक सोशल मीडिया पोस्टको सम्बन्धमा मुद्दा दर्ता गरिएको छ। हाल स्थिति सामान्य भएकोछ। सातारा जिल्लामा सशस्त्र गार्ड अनि मोबाइल पेट्रोलिङलाई तैनाथ गरिएको छ। यसबीच संरक्षक मन्त्री शम्भुराज देसाईले मानिसहरूलाई शान्ति कायम राख्ने अपील गरेका छन्। -हिस