१२ सेप्टेम्बरः जर्मनी पुरुष फूटबल टीमका म्यानेजर/प्रशिक्षक हान्सी फ्लिकलाई पदबाट हटाइयो। वोल्फ्सबर्गमा जापान विरुद्ध १-४-ले लाजमर्दो हारको सम्मुखीन भएपछि जर्मनीका म्यानेजरको पद गुमाउनु पऱ्यो। यसको साथै उनको नाममा एउटा लाजमर्दो रेकर्ड पनि जोड़िन पुग्यो। १९२६-मा म्यानेजर पद अस्तित्वमा आएपछि उनी बर्खास्त हुने जर्मनीका पहिलो म्यानेजर बने। अगस्त २०२१-मा जोकिम लो-को स्थान लिने फ्लिकको कोचिंगमा जर्मनीको टीमले २५ वटा म्याचमा केवल १२ वटा जित्न सक्यो। फ्रान्स विरुद्ध मंगलवार खेलिने मैत्री म्याचको निम्ति रुडी वोलेरलाई अस्थायी म्यानेजर नियुक्त गरिएको छ। जर्मनीका पूर्व स्ट्राईकर ६३ वर्षीय वोलेरलाई फरवरीमा जर्मन राष्ट्रिय टीमका निदेशक नियुक्त गरिएको थियो। हेन्स वुल्फ र सेण्ड्रो वेगनर कार्यकारी सहायक प्रशिक्षक हुनेछन्।
जर्मनीले आउँदो साल यूरोपियन च्याम्पियनशीप (यूरो कप)-को आयोजन गर्ने तर अहिले जर्मन टीम छताछुल्लै देखिएको छ। जर्मन एफए-का अध्यक्ष बर्नड न्यूएण्डोर्फले भने, हारका निराशाजनक परिणामहरूपछि जर्मन राष्ट्रिय टीमलाई नयाँ प्रोत्साहनको आवश्यकता रहेको कुरामा समिति सहमत भयो। आउँदो साल हुने यूरोपियन च्याम्पियनशीप अघि टीमलाई आत्मविश्वासको आवश्यकता छ।