मेहनती मैदानकर्मीहरूलाई धन्यवाद जनाए रोहित शर्माले

IMG-20230910-WA0271.jpg

१२ सेप्टेम्बरः भारतले एशिया कपको सुपर फोर राउण्डमा पाकिस्तान विरुद्ध २२८ रनको रेकर्ड अन्तरले जीत हासिल गऱ्यो। ग्रुप चरणको म्याचहरूमा शीर्ष क्रमको विफलतालाई भुलेर कोलम्बोको मैदानमा भारतीय ब्याटरहरूलाई पाकिस्तानका बलरहरूलाई पिट्नसम्म पिटे अनि ५० ओभरमा २ विकेट गुमाएर ३५६ रनको स्कोर बनाए। जवाफमा पाकिस्तानको टीम १२८ रनमा अलआउट भयो। वर्षाले प्रभावित म्याचलाई सम्भव बनाउनको निम्ति प्रेमदासा स्टेडियमका मैदानकर्मीहरूको सराहनीय योगदान रह्यो। उनीहरूले मैदानलाई लगातार भइरहेको वर्षाबाट बचाएर राखे अनि म्याच चाँड़ोभन्दा चाँड़ो शुरु गर्न हरसम्भव प्रयास गरे। म्याच जितेपछि भारतीय कप्तान रोहित शर्माले मैदानकर्मीहरूलाई धन्यवाद जनाए।

रोहितले भने, हामी खेलको निम्ति जतिसक्दो चाँड़ो मैदानमा ओर्लिन चाहन्थ्यौं। यो मैदानकर्मीहरूका अथक प्रयासले गर्दा नै सम्भव भयो। बारम्बार भइरहको वर्षाले गर्दा मैदानमा कवर लगाउनु अनि त्यसलाई हटाउनु कठिन हुन्छ। हामी उनीहरूलाई पूरा टीमको तर्फबाट धन्यवाद दिन चाहन्छौं।
भारतको ब्याटिंगबाट रोहितले भने, म्याचमा हाम्रो प्रदर्शन असल रह्यो। हामीले शुरुवात गर्दा पीच ब्याटिंगको निम्ति राम्रो रहेको थाहा थियो। हामीले केवल वर्षासँग तालमेल मिलाउनु थियो। पछिबाट दुईजना अनुभवी ब्याटर (विराट कोहली र केएल राहुल)-लाई सेट हुन सामान्य समय लाग्ने अनि सेट भएपछि रन गतिलाई बढ़ाउन सकिने थाहा थियो। उनीहरूले त्यही गरे।

बुमराहको आगमनबारे रोहितले भने, बुमराहलाई टीममा देखेर असल अनुभव भइरहेको छ। उनले बललाई दुवै दिशामा मूभ गराए। उनले गत ८-१० महिना कठोर मेहनत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement