१२ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा सोमवार पहिलो राउण्डको अन्तिम म्याच खेलियो। यस रोमाञ्चक म्याचमा सेण्ट रोबर्ट्स ब्लू-ले लामाहट्टा हाई स्कूललाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो।

नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका समर्पण थापालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको प्री-क्वार्टर फाइनल राउण्ड १३ सेप्टेम्बरदेखि शुरु हुनेछ। पहिलो म्याचमा सेण्ट रोबर्ट्स यल्लो र दार्जीलिङ गवर्मेण्ट हाई स्कूलबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा सोनादा हाई स्कूल र शारदा हाई स्कूलले चाहिँ अगावै क्वार्टर फाइनलमा स्थान बनाएको छ।

क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २९ सेप्टेम्बरमा खेलिनेछ।