सिलगढी: आज एनजेपी थाना पुलिसले एक अभियान चलाएर आठजना बदमासहरूलाई धारिलो हतियारसहित पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको दुष्कर्मीहरुमा क्रमैले बिहार निवासी सुमन शाह, मुन्ना मण्डल, जितेन्द्र शाह, ह्रदय साह, रामकुमार साह, दीपक साह र एनजेपी शान्तिपाडा निवासी बाप्पा मल्लिक र मनु राय सामेल छन्। प्राप्त जानकारीअनुसार गत राती एनजेपी थाना पुलिसले नेताजी मोडबाट धारिलो हतियार सहित आठ जना बदमासहरुलाई पक्राउ गरेको छ।पुलिसले दिएको जानकारी अनुसार यी बदमासहरु एनजेपीका नेताजी मोडको कुनै दोकानमा डकैती गर्ने उद्देश्यले भेला भएका थिए।खबर पाएर पुलिसले उक्त इलाकामा एक अभियान चलाएर बदमास हरुलाई पक्रन सफल भएका छन्।