१२ सेप्टेम्बरः मटेलीमा डुवर्स भिजन सोसाइटीको तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा डुवर्स इलेभेनले फाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा सोमवार भएको दोस्रो सेमिफाइनल म्याचमा डुवर्स इलेभेनले फाइभ स्टार क्लब (झापा, नेपाल)-लाई ३-०-ले पराजित गऱ्यो। अब मंगलवार (आज) खेलिने फाइनल म्याचमा डुवर्स इलेभेन र जर्जियन फूटबल क्लबबीच भिड़न्त हुनेछ।टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।