आरिटारमा दाह संस्कार गृहको निर्माण कार्य शुरू

00-1-Rajya-Samachar-7

गान्तोक: लिङ्से, लिङ्सेखा, अनि सिक्किमको खाम्दोङ, किङ्स्टोन र आरिटार क्षेत्रका मानिसहरुको दाह-संस्कार गर्ने स्थान नभएपछि दुवै क्षेत्रका मानिसहरुको पहलमा एउटा व्यवस्थित घाट बनाउने कार्य आरम्भ भएको जानकारी गराएको छ।

यस पुनित कार्यको निम्ति गत २५ जूनको दिन स्थानीय संस्कृत पाठशाला,खाम्दोङमा बसेको प्रथम बैठकले एउटा कार्यदल (समिति) गठन गरी विभिन्न जिम्मेवारीसाथ आर्य घाट निर्माण कार्यलाई तीव्रता दिएको छ।

यसरी नै १ अगस्तको दिन हरेश्वर शिवालय, लिङ्सेको प्राङ्गणमा दोस्रो सभा सम्पन्न भएको थियो। यसैलाई निरन्तरता दिदैं आज लिङसेखाको क्लस्टर भवनमा ‘आर्य घाट सञ्चालन समिति’ को तेस्रो सभा सम्पन भयो।

रिनाक पूर्व सिक्किम निवासी पुष्पलाल प्रधानले आफ्ना पितृहरूको नाममा दान गरेको जमिनमा दाह संस्कार गृह, मलामी घर, स्नानगृह, शौचालय आदि निर्माण गर्ने महत उद्देश्य रहेको र यस अभियानमा विभिन्न व्यक्तिहरुले खुल्ला ह्रदयले आर्थिक सहयोग गरिरहेको जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement