आशिष राईको एसडीएफमा घर वापसी

IMG-20230911-WA0332.jpg

आत्मसम्मानको राजनीति गर्नेहरू एसडीएफमा फर्किने राईले गरे दाबी

गान्तोक: २०१९ को विधानसभा चुनाउमा पार्टीले टिकट नदिएपछि एसडीएफ छाडेर स्वतन्त्र चुनाउ लडेका आरिथाङ निवासी आशिष राई पुनः एसडीएफ पार्टीमा सामेल हुने भएका छन्।

उनले एसडीएफमा सामेल हुने औपचारिक प्रक्रिया पूरा गरेका छन् भने आउँदो १९ सेप्टेम्बरको दिन सार्वजनिक मञ्चबाट एसडीएफमा सामेल जानकारी दिएका छन्।

आशिष राईले एसडीएफमा सामेल हुने कुरालाई घर वापसी बताएका छन्। सोमवार पत्रकारहरूसित कुरा गर्दै राईले १९ सेप्टेम्बरमा आफू एसडीएफमा सामेल हुने पुष्टि गरे।

उल्लेखनीय छ, २०१९ अघि सिक्किम डेमोक्रेटिक फ्रण्टको सरकार हुँदा आशिष राई जीएमसीमा काउन्सिलर थिए। २०१९ -को चुनाउअघि उनले आफूलाई आरिथाङ निर्वाचन क्षेत्रबाट उम्मेदवारिता दाबी गरेको भएपनि पार्टीले टिकट नदिएपछि राईले एसडीएफ छाड़ेर स्वतन्त्र उम्मेदवारको रूपमा उभिए, जहाँ उनले मोठ ३३.९९ प्रतिशत मत प्राप्त गरेका थिए।

विधानसभा चुनाउमा आशिष राई पराजित भए भने एसडीएफ पार्टी पनि सत्ता बाहिर भएपछि पछिल्ला साढे चारवर्ष राईको कुनै पनि राजनैतिक गतिविधिमा संलग्नता रहेको थिएन भने आज बिहान उनले एसडीएफ अध्यक्ष पवन चामलिङसँग भेट गरेको विषय सार्वजनिक भएपछि १९ सेप्टेम्बरमा आशिष राई एसडीएफ फर्किने निश्चित बनेको छ।

पत्रकारहरूसित बोल्दै पार्टी अध्यक्ष पवन चाम्लिमसँग आफूले भेट गरी पार्टीले गरिरहेको राजनीति र सिक्किम बचाऔँ अभियानबारे कुराकानी गरेको पनि राईले बताए। २०१९ मा के भयो त्यसलाई भुलेर फेरी एसडीएफबाट नै दोस्रो पारीको राजनीति शुरु गर्ने निर्णय लिएको बताए। अन्य पार्टीबाट पनि सामेल प्रस्ताव आएको तर ४५ वर्ष राजनीतिमा सक्रिय रहेका पवन चामलिङलाई पच्छ्याएर मात्र सिक्किम गन्तब्य पुग्न सकिने भएकाले एसडीएफ फर्तिएको बताएका छन्।

२०२४ को चुनाउ सिक्किमका लागि महत्त्वपूर्ण छ भन्दै पवन चामलिङमाथि पूर्ण भरोसा राखेर आत्मसम्मान राखेर राजनीति गर्नेहरू एसडीएफमा सामेल हुन्छन भन्ने उनले दाबी पनि गरेका छन्। राईले आफूसँगै अन्य धेरै नेता १९ सेप्टेम्बरमा एसडीएफमा सामेल हुने र यो क्रम जारी रहने बताए। २०२४ को विधानसभा चुनाउ लड्ने नलड्ने बारे सोधिएको प्रश्नको जवाफमा आशिष राईले भने, पहिला खोला पुगौं, त्यसपछि जुत्ता खोल्ने कि नखोल्ने त्यो निर्णय हुनेछ। राईले तर कसैको टाउको बेचेर भने आफूले कहिलै राजनीति नगर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement