मुख्यमन्त्री तामाङले गरे नाम्चीमा ब्राह्मकुमारी शिवमनि धामको भूमिपूजन साथै शिलान्यास

IMG-20230911-WA0330.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नाम्ची जिल्लाको देब्रुङमा ब्राह्मकुमारी राजयोग सेवा केन्द्र तथा शिवमणि धामको विधिवतरूपमा भूमिपुजन साथै शिलान्यास गरे। ब्राह्म कुमारी राजयोग सेवा केन्द्रको निर्माण कार्य गर्न राज्य सरकारबाट लगभग ५ करोड धनराशि छुट्टाउने भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आज देब्रुङमा ऐतिहासिक कार्यको श्रीगणेश भएको र सिक्किमा थप एउटा नयाँ पूर्वधारको सूची थपिएको जानकारी गराए।

उनले प्रसङ्ग फेर्दै एक परिवार एक नौकरी (ओएफओजे)का कर्मचारीलाई शीघ्र स्थायीकरण गर्ने र पुरानो पेनसन योजनालाई पनि चाडै पूनः शुरू गर्ने बताए।

मुख्यमन्त्री तामाङले आत्मा सन्तुष्टि मानव जीवनमा धेरै आवश्यक रहेको हुँदा म देखि हामी जबसम्म हुँदैन तबसम्म आत्मा सन्तुष्टि प्राप्त नहुने मन्तव्य प्रकट गरे। आफू राजनीतिमा परिवारलाई सेवा दिने उद्देश्यले नआएको र मुख्यमन्त्रीको कुर्सीबाट जनतालाई सेवा प्रदान गरिरहेको बताए। आफूले सेवाको भावना राखेको कारण नै आज यहाँ राजयोग सेवा केन्द्र स्थापना हुन सकेको बताए। यस समष्टिमा गरिने सम्पूर्ण कार्यहरू आफू स्वयं लागि परेर गर्ने मुख्य मन्त्रीले बचन दिए। यो हारेको क्षेत्र हो, यसर्थ अझ बेसी काम गर्ने उनले जानकारी गराए।

मुख्यमन्त्रीले नाम्चीमा प्रस्तावि ५ सय पलङयुक्त अस्पतालबारे बोल्दै यो भविष्यको निम्ति सोंच राखेर कार्य शुरू गरिएको बताए। नाम्चीमा आएको युनिभर्सिटी रोङ अनि,मिखोला, १०० करोडको सरदार पटेल युनिभर्सिटी, सिक्किम मेडिकल युनिभर्सिटी ३ वटा वर्तमान सरकारले ल्याएको बताए। उनले स्वास्थ्य क्षेत्रलाई सरकारले धेरै सुधार गरेको दावी गरे। आगामी १० देखि १३ अक्टोबर २०२३ मा परम पुज्य दलाई लामा सिक्किम आउने र यसको निम्ति तयारी भइरहेको जानकारी गराए। सम्प्रादाहिक सद्भावना सरकारले कामय गरेकाे कारण आज राज्यकाे नाम धेरै शिर्ष स्थानमा पुगेको मुख्य मन्त्रीले बताए। पूर्व सरकारमा लथालिङ्ग अवस्थामा रहेका धेरै पुर्वधार विकासका कार्यलाई वर्तमान सरकारले सुधारेर काम गरिरहेको जनाए। ५ करोडको लागतमा निर्माण हुने यो केन्द्रलाई सरकारले भविष्यमा अझ अझ धनराशि रकम अनुमोदन गर्न सक्ने मन्तव्य प्रकट गरे। सरकारबाट प्राप्त हुने विभिन्न सहुलियतहरू अब भट्टाभट वितरण हुने बताए। देब्रुङको धार्मिक कार्यक्रमले स्थानीयले गुणस्तर सडकको सुविधा पाउने जानकारी गराए। यस अवसरमा उनले गेजिङ कलेजमा पुस्तकालय सहित अन्य विषयको निम्ति १० लाखको चेक प्रदान गरेका छन। ब्राह्म कुमारी राज योग सेवा केन्द्रको तर्फबाट मुख्यमन्त्री पीएस तामाङलाई अभिनन्दन जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement