दार्जिलिङ: आज घुम जोरबङ्लो महाविद्यालयले जिटिएसँग बसेको बैठकलाई असफल मानेको छ। प्रा. चन्दन थापाले जनाए अनुसार जीटीए, कलेज र पश्चिम बङ्गाल सरकारमाझ त्रिपक्षीय वार्ता अर्को सप्ताहभित्र गर्ने बाचा जीटीएले जनाएकाले आमरण अन्सनलाई अहिले नै नगरे तापनि आन्दोलन यथावत रहने जनाएका छन्। वार्तामा प्रिन्सिपल सेक्रेटरी, शिक्षा विभागका ईडी, ओएसडी अरिजित सिहँ, महाविद्यालय प्रभारी र स्टाफ वेलफेयर एसोसिएसनका पदाधिकारीमाझ सम्पन्न भएको थियो।