गान्तोक: अखिल किराँत राई संघ, सिक्किम पूर्व जिल्लाको पहलमा आज भुसुक नैताम ब्लक समितिको एक महत्त्वपूर्ण सभा स्थानीय इन्द्र प्रसाद राईको निवासमा दिप कुमार राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा केन्द्रीय तदर्थ समितिको कोषाध्यक्ष समशेर राई, प्रचार सचिव बिष्णु चामलिङ, जिल्ला महासचिव प्रभारी शैलेष राई, सल्लाहकार सन्तोष साम्पाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस सभा आयोजना गरिनुको मुख्य उद्देश्यबारे जोनल अध्यक्ष शैलेस राईले प्रकाश पार्दै अखिल किराँत राई संघको महत्त्वमाथि जानकारी गराए। आजको सभाको मुख्य एजेन्डाबारे बहस गर्ने क्रममा इन्द्र प्रसाद राईले यस स्थानमा पहिलो पल्ट अखिल किराँत राई संघको प्रखण्ड स्तर समिति गठन भइरहेको बताए।यो जातीय संगठनले भविष्यमा कस्तो मार्ग दर्शन दिने भन्नेबारे विस्तृतरूपमा अवगत गराए। अकिरासं सिक्किमको वस्तु स्थितिदेखि भावी योजनाबारे विष्णु चामलिङले जानकारी गराए।सभामा विभिन्न विषयमाथि छलफल गरेपछि भुसुक नैताम प्रखण्ड स्तर समितिको गठन गरियो, जसमा अध्यक्षको पदमा इन्द्र प्रसाद राई, उपसभापति पदम बहादुर राई, सचिव रोहित राई, संयुक्त सचिव डा० प्रिया राई, कोषाध्यक्ष केदार राई र प्रचार सविचमा सुमन राईको नाम मनोनित गरिएइको छ। सभालाई सम्बोधन गर्दै कोषाध्यक्ष
सम्शेर बाखिमले नयाँ ब्लक समितिलाई बधाई शुभकामना व्यक्त दिए। जाति एकताको निम्ति सबै जना एउटा सुत्रमा बाँधिनु आवश्यक रहेको बताए। प्रखण्ड स्तर समिति हाम्रो जग हो भने जग दह्रिलो भए मात्र संस्थालाई टेवा पुग्न सक्ने उनले मन्तव्य प्रकट गरे।
यसै क्रममा सल्लाहकार अम्बर कुमार राईले अकिरासं केन्द्रीय समितिप्रति आभार प्रकट गर्दै हाम्रो जातीय संगठनले जातिको निम्ति केही गर्नुपर्ने कर्तव्यबोध भएको बताए।