आँगनमा प्रशासन अन्तर्गत १९० जनाको आधार कार्ड बनाइयो

IMG-20230911-WA0329.jpg

गान्तोक: आँगनमा प्रशासन अन्तर्गत सोरेङ जिल्लाको छोटा साम्दोङ आरूबोटे ग्राम पञ्चायत यूनिटमा गत ९-१ सेप्टेम्बरको दिन आधार कार्ड बनाउने कार्य सम्पन्न भयो। विशेष गरेर शारिरिकरूपमा असक्षम, वरिष्ठ नागरिक र गर्ववती महिलाहरूको समस्यालाई ध्यानमा राख्दै गाउँ घरमा पुगेर आधार कार्ड बनाउने कार्य शुरू गरेको जानकारी गराइएको छ। दुई दिवसीय यस कार्यक्रममा कूल १९० जनाको आधार कार्ड बनाउने कार्य भएको बताइएको छ। यस कार्यक्रमको आयोजना डेसमी विभागद्वारा गरिएको गरिएको भने यसलाई सफल बनाउनमा डेसमी विभागका सहय निर्देशक एनटी तामाङ, आधार कार्ड अपरेटर अवकिला राई र अफिस एटेन्डेन्ट आशिष राईले अहम भूमिका निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement