गान्तोक: कृषि मन्त्री लोकनाथ नेपालले आज अग्नि पीडित परिवारसँग भेट गरे। गेजिङ जिल्ला अन्तर्गत आरिगाउँ निवासी मधु खतिवडाको घर केही दिन अघि आगोको चपेटमा परि खरानी भएको थियो। घरमा आगालागीको समयमा घरका कुनै पनि सदस्यहरू घऱमा नभएकोले घरबाट केही पनि सामग्री बचाउन नसकेको कुरा मन्त्री नेपाललाई पीडित परिवारले अवगत गराए। मन्त्री नेपालले भ्रमणको क्रममा पीडित परिवार प्रति सहानुभूति दर्शाउँदै सबै प्रकारको सहयोग गर्ने बचन दिए। उनले गेजिङ अग्निशमन विभागलाई धन्यवाद दिए जसले समयमा पुगेर अन्य घरहरूलाई आगोको चपेटबाट बचाउन सफल भएको थियो। मन्त्री नेपालले सरकारको तर्फबाट आर्थिक लगायत अन्य सहयोगहरू शीघ्र प्रदान गर्ने पीडित परिवारलाई आश्वासन दिएका छन्।