टिकको काठसहित दुइ जनालाई गरियो पक्राउ

IMG_20220711_213123.jpg

रायगन्ज: वनकर्मीहरूले बर्मा टिक काठ तस्करी गर्ने उद्देश्यले गाडीमा लुकाएर लगिरहेको समय दुइजना तस्करलाई पक्राउ गरेको छ। गाडीमा बोतल राखेको बोरामुनि लुकाएर बर्मा टिक तस्करी गर्न लागेको थियो। बनकर्मीहरुले पक्राउ गरेका तस्करहरू उत्तरप्रदेश निवासी ज्ञानचन्द (४०) र रोहित गुप्ता (१८) सामेल छन्। बेलाकोवा रेन्जर सन्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले आज सिलगढी जलपाईगुडी राष्ट्रिय राजमार्गको दसदरगा इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबिन गर्ने क्रममा धेरै मात्रामा बर्मा‌काठ उद्धार गरियो। गाडी चालक र खलासीलाई पक्राउ गरिएको छ भने भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ। वन विभागले बताएनुसार जफ्त गरिएको बर्मा टिक अनुमानित बजार मूल्य बीस लाख रुपियाँ बराबरको रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement