बीआरओ अतिरिक्त महानिदेशकको सिक्किम भ्रमण

IMG-20230911-WA0325.jpg

गान्तोक: सीमा सड़क संगठनको अतिरिक्त महानिदेशक पीकेएच सिंहले ७ सेप्टेम्बरदेखि ११ सेप्टेम्बरसम्म बीआरओ प्रोजेक्ट स्वस्तिकको भ्रमण गरे। उनी सिक्किम र उत्तर बंगालमा जारी पूर्वाधार कार्यहरूको प्रगतिको निरीक्षण एवं समीक्षा गर्न भ्रमणमा थिए। सिक्किम राज्यको आफ्नो भ्रमणको क्रममा उनले प्रोजेक्ट स्वस्तिकका मुख्य अभियन्ता ब्रिगेडियर मनोज गुप्तासहित सिक्किम सरकारका मुख्य सचिव भीबी पाठकसँग कुराकानी गरे। मुख्य सचिवले टाशीलिङ सचिवालयमा एक उच्च स्तरीय बैठक पनि आयोजना गरेका थिए, जसमा राज्यका वरिष्ठ सरकारी अधिकारीहरूका साथै त्रिशक्ति कोरका सेनाका प्रतिनिधिहरू पनि सहभागी थिए। बैठकको एजेण्डा सड़क विकास योजनामाथि चर्चा गर्नु र भूमि अधिग्रहण, वन तथा वन्यजन्तु अनुगमनलाई तीव्रता दिनका अवरोध हटाउने विषयमा छलफल थियो। बैठक अवधि मुख्य अभियन्ता, प्रोजेक्ट स्वस्तिकले बैठकमा उपस्थित राज्यका सबै सचिव, अतिरिक्त सचिवहरूलाई एक विस्तृत प्रस्तुति दिए। बीआरओद्वारा उजागार गरिएका मुद्दाहरूलाई सम्बन्धित सबैको सक्रिय सहभागिता र योगदानको साथ गहन छलफल गरियो। मुख्य सचिवले सबै अधिकारीहरूलाई त्वरित मञ्जुरी सुनिश्चित गर्न कार्यालय प्रक्रियामा तीव्रता ल्याउन आग्रह गरे। जसले राज्यमा सड़क निर्माणको लागि मार्ग प्रशस्त गर्दछ भन्दै उनले समयसीमाभित्रै सबै स्वीकृतिलाई तीव्रता दिने आश्वासन दिँदै आगामी नोभेम्बरको अन्तिम साता बैठक बस्ने निर्देशन दिए।

एडीजीले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग पनि कुराकानी गरे। चर्चाको क्रममा पीकेएच सिंहले राज्यपाललाई बीआरओद्वारा सिक्किम राज्यमा भइरहेको र भविष्यको बुनियादी ढाँचाको कार्यबारेबारे जानकारी गराए। एडीजीले राज्यपाललाई १२ सेप्टेम्बर २०२३ मा रक्षा मन्त्री राजनाथ सिंहद्वारा उद्घाटन गरिने ९० पूर्वाधार परियोजनाहरूबारे पनि जानकारी दिए। जसमा सिक्किम, पश्चिम बङ्गाल र अण्डमान एवं निकोबार द्वीपपुञ्जमा प्रोजेक्ट स्वस्तिकको एउटा सडक, दुई पुल र दुई एयरफिल्ड सामेल छन्। राज्यपालले बीआरओको प्रयासको प्रशंसा गरे र यस वर्ष भारी तथा निरन्तर मनसुनको बावजुद राज्यमा निरन्तर कनेक्टिभिटी कायम राख्नका लागि प्रोजेक्ट स्वस्तिकको सराहना गरे। उनले सेनाका अलग-अलग चौकीहरूलाई जोड्न सडक निर्माणको लागि बीआरओको प्रयासको प्रशंसा गरे, जसले हाम्रो राष्ट्रको सुरक्षालाई बढाउँछ। उनले श्रम कल्याण र सिक्किम राज्यको स्थानीय जनताको उत्थानमा योगदान पुर्याएकोमा परियोजना स्वस्तिकको पनि प्रशंसा गरे, न्यूनतम पारिश्रमिक बढाएर र बीआरओद्वारा कार्यरत आकस्मिक मजदुरहरूका वार्डमा स्कुली शिक्षा सुविधा उपलब्ध गराए। राज्यपाललाई यो पनि जानकारी गराइयो कि बीआरओले सिक्किम राज्यलाई अतिरिक्त स्रोत र कोष छुट्याएर विशेष जोड दिइरहेको छ, जो पूर्वोत्तर राज्यहरूमध्ये सबैभन्दा बढी, जसले निकट भविष्यमा राज्यको सामाजिक-आर्थिक विकासलाई गति दिनेछ। आफ्नो भ्रमणको क्रममा पीकेएच सिंहले उत्तर र पूर्व सिक्किम र उत्तर बङ्गालमा निर्माणाधीन राष्ट्रिय राजमार्गहरूसहित रणनीतिक महत्त्वका विभिन्न परियोजनाहरूको निरीक्षण गरे। उनले गान्तोकदेखि नथुलासम्म चलिरहेको जवाहरलाल नेहरू मार्ग (एनएच ३१०) को सिक्किम राज्यमा पहिलो जिरो फेटलिटी करिडोरमा स्तरोन्नति गर्ने कार्यको पनि समीक्षा गरे। सड़क निर्माण स्थलको भ्रमणका क्रममा सिंहले ती सड़कमा काम गरिरहेका स्थानीय मजदुरहरूसँग अन्तरक्रिया पनि गरेका थिए। उनले कठिन भूभाग र मौसममा उनीहरूद्वारा गरिएको कडा परिश्रमको प्रशंसा गर्दै राज्य र राष्ट्र निर्माणमा उनीहरूको योगदानका लागिा धन्यवाद दिए। एडीजीले प्रोजेक्ट स्वास्तिकको साथमा, कोर कमाण्डर, त्रिशक्ति कोरसँग अन्तरक्रिया गरे अनि उत्तर बंगाल र सिक्किमको वर्तमान तथा भविष्यको सडक पूर्वाधार योजनाको बारेमा जानकारी दिए। राज्यको समग्र विकास र स्थानीय मानिसहरूलाई सुदृढ बनाउन सीमा सडक सङ्गठनको योगदान राज्यभरि भइरहेका कामहरूमा सहजै देख्न सकिने जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement