पूर्वोत्तरमा भाजपाले २२ सीट पाउने- मुख्यमन्त्री

00-1-Rajya-Samachar-7

गुवाहाटी: असममा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रको भारतीय जनता पार्टी नेतृत्व सरकारको विकास कार्यहरूको बुतामा हामी आगामी लोकसभा चुनाउमा पूर्वोत्तरका २५ सीटमध्ये २२ सीट जित्नेछौं भनेका छन्।

मुख्यमन्त्री डा. सरमा सोमवार यहाँ भाजपा महिला मोर्चाको दुई दिवसीय राष्ट्रिय कार्यकारिणीको बैठकको समापन समारोहलाई सम्बोधित गरिरहेका थिए। उनले भने, महिलाहरूको हितको निम्ति चलाइरहेका केन्द्र र राज्यका विभिन्न योजनाहरूको लाभ निम्न स्तरसम्म पुगेको छ जबकि कांग्रेस शासनमा यस्तो थिएन। मानिसहरूले अहिले जुन पूर्वोत्तरलाई देखिरहेका छन्, त्यो २०१४ पहिले जस्तो छैन। अब परिवहन क्षेत्रमा परिवर्तन आएको छ, जुन अरूणाचल प्रदेश जस्ता राज्यहरूमा देख्न पाइन्छ। राष्ट्रिय राजमार्गहरूलाई विभिन्न स्थानहरूसित जोड्नु भाजपाको कामलाई दर्शाउँछ।

उनले थप भने, बिजुलीलाई लिएऱ गाउँहरूमा धेरै काम चलिरहेछ। यस क्षेत्रमा धेरै शैक्षणिक संस्थानहरू पनि खोलिएका छन्। अब पूर्वोत्तर देशको मुख्यधारामा सामेल भएको छ। यस क्षेत्रका मानिसहरूलाई अब देशका अन्य हिस्साहरू सरह कुनै प्रकारको पनि जातिगत भेदभावको सामना गर्नपर्दैन। यी सबको आधारमा मलाई विश्वास छ कि पूर्वोत्तरको २५ सीटमध्ये २२ सीट भाजपाले नै जित्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement