काेलकाता: पश्चिम बंगालमा लोकसभा चुनाउको तयारीहरूको जायजा लिन केन्द्रिय चुनाउ आयोगको टीम पुगेको छ। दुई उपचुनाउ आयुक्त नीतेश व्यास र धर्मेन्द्र शर्माको अध्यक्षतामा यो टीम आएको छ।
सोमवार राज्यका मुख्य चुनाउ अधिकारी आरिज आफताबको साथ यिनीहरूको बैठक भएको छ। यसमा राज्यका सबै जिल्लाधिकारीहरूलाई सामेल हुनलाई भनिएको थियो। सबै जिल्लाधिकारीहरू सामेल पनि भएका छन्।
सूत्रहरू अनुसार, बैठकमा विभिन्न जिल्लाहरूको कानून व्यवस्थाको रिपोर्ट हेरियो। मतदान सूची तयार भएको छ। शुरूदेखि सूची संशोधन, पहिचान पत्र जारी गर्ने र ईवीएमलाई लिएर पनि सबै प्रकारको चर्चा भएको छ।
उल्लेख्य, मुख्यमन्त्री ममता ब्यानर्जीले दाबी गरेकी थिइन्, केन्द्र सरकारले लोकसभा चुनाउलाई आगामी सालको साटो यही वर्ष दिसम्बरसम्म गराउनसक्छ। यसबीच केन्द्रिय चुनाउ आयोगका प्रतिनिधिहरूको बंगाल यात्रालाई लिएर चर्चा चलिरहेछ।