बिरामी परिवारलाई रकम प्रदान

21-28-37-HE-1-1024x488.jpg

कालेबुङ: कालेबुङको एक गैरसरकारी संस्था ह्याल्पिङ हे्न्डसले शहरको विभिन्न स्थानमा स्टल राखेर संग्रह गरिएको रकम आज बिरामीको परिवार पक्षलाई हस्तान्तरण गरेको छ। मिर्गौलाको रोगले ग्रस्त सुनिल सुन्दासको परिवार पक्षलाई मोठ संग्रहित रकम ६५ हजार ह्याल्पिङ हे्न्डस संस्थाको सदस्यगणले प्रदान गरे। बिरामीको नाजुक अवस्थालाई मध्यनजर गरेर संस्थालाई सो रकम संग्रह गर्न अनुमति प्रदान गर्ने कालिम्पोङ नगरपालिका अध्यक्ष रबि प्रधानलाई पनि संस्थाको तर्फबाट विशेष धन्यबाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement