‘जल जीवन योजना’मा १३ हजार करोड़ रुपियाँको भ्रष्टाचार भएको कांग्रेसको आरोप

00-1-Rashtriya-Samachar-11

नयाँ दिल्ली: जम्मू-कश्मीरमा ‘जल जीवन योजना’ अन्तर्गत १३ हजार  करोड़ रुपियाँको भ्रष्टाचार भएको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसका प्रवक्ता पवन खेड़ाले सोमबार पार्टी मुख्यालयमा आयोजित एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘जम्मू-कश्मीरको जल जीवन मिशन योजनामा भएको घोटालामा एलजी मनोज सिन्हा र केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावतलाई प्रश्न गर्नुपर्छ, तर एकजना आईएएस अधिकारीलाई गलत ढंगमा यस मामिलामा फसाइरहेको छl’ खेड़ाले भने, ‘अशोक परमार नामक आईएएस अधिकारीले नै यस घोटालालाई उजागार गरेका हुन् जसको परिणाम उनले भोग्न परिरहेको छl’ खेड़ाले यो पनि भने, ‘जम्मू-कश्मीरको ‘जल जीवन योजना’को भ्रष्टाचारमा सामेल अधिकारीहरूलाई पदोन्नति दिइन्छ जबकि यसको जानकारी सार्वजनिक गर्नेहरूलाई प्रताड़ित गरिन्छ।l’ –हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement