कालेबुङ: गत ८ सेप्टेम्बर २०२३ को दिन मामरिङ चियाबारी अन्तर्गत पुबोङ चियाबारीमा जोइण्ट फोरमद्वारा राखिएको गेट मिटिङमा सभासद डेण्डुप पाख्रीन साथै भागोप्रामो कार्यकर्ताहरुले जोइण्ट फोरमको प्रतिनिधिवर्ग धिरज राई, सुनिल राई, प्रताप राई अनि प्रणय शेर्पा माथी प्राण घातक हमला गरिएको भन्दै गोरामुमोद्वारा कालेबुङमा घोर विरोध अनि भत्सर्ना गर्दै दोषीहरुलाई पक्राउ गरी सजाय दिनुपर्छ भनी आफ्नो मांग गर्दै कालेबुङ बजारमा पोस्टरिङ गरेका छन्। भागोप्रामोले पहाडमा हामीले शान्ति कायम राखेका छौं भने पनि ब्यवहारमा देखिएन भनी गोरामुमो कालेबुङ कार्यकारिणी सचिव लोपसाङ तामाङले आफ्नो बिज्ञप्ति जारी गर्दै भने, आफ्नै दाज्युभाईहरुलाई यसरी प्राण घातक हमला गरेर गणतन्त्रको हत्या गरेको छ शान्ति फर्काउनेहरुले त्यस्तो कुनै ब्यवहारिक रुपमा देखाएन।

दार्जीलिङको चिया विश्व प्रसिद्ध छ। देशमा अहिले जी-२० सम्मेलन चलिरहेको छ। त्यसमा दार्जीलिङको चियालाई उच्च श्रेणीमा राखिएको र ठूलो मान सम्मान दिएको छ। तर जहाँ चिया उद्योग छ त्यहाँको श्रमिकहरुलाई यस्तो किसिमको अत्यचार गरिरहेको छ। यसलाई भारत सरकारले पनि अब गम्भीरतापुर्वक लिनुपर्छ भनी गोरामुमोको तर्फबाट लोपसाङ तामाङले आफ्नो मांग राखेका छन्। यस्तो किसिमको घटनाले पहाडमा बनिन्दै गरेको शान्ति भङ्ग हुने सम्भावना बडेर जानेछ यसकारण प्रशासनले दोषीहरुलाई पक्राउ गरि सजाय दिनु पर्छ भनी गोरामुमो कालेबुङको तर्फबाट हामी माग गर्दछौं भनी लोपसाङ तामाङले थप जानकारी दिएका छन्।