दार्जिलिङ: गोरामुमो पुल बिजनबारी समष्टिले आफ्नो सांङ्ठनिक बिस्तारलाई तिब्रता दिइने कार्यलाई जारी राखेका छन्। यसै क्रममा समष्टिमा शाखा प्रशाखा गठनलाई तीब्रता दिने क्रममा नयाँ नोर ग्राम पञ्चायत वार्ड नम्बर सात परबोङ बस्तीमा शाखा पुनर्गठन गरेको छ। बिक्रम सुब्बाको अध्यक्षतामा बसेको सांङ्ठनिक सभामा समष्टिका प्रतिनिधिवर्गले आ-आफ्नो वक्तब्य राखेका थिए। अनित थापालाई बचाउने पनि अब हरियो झण्डा नै हो किनभने हरियो झण्डाले पार्टी नहेरेर जाति र माटोको उन्मुक्तिको निम्ति समर्पित छ र अध्यक्ष मन घिसिङ यसको निम्ति लागि परेका छन्। अब सम्पूर्ण गोर्खा जाति एक भएर अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्छ। एक पटक हरियो झण्डालाई साथ दिनुपर्छ मुद्दाको निम्ति त्यसपछि आ- आफ्नो राजनीति गर्दा हुन्छ अनि सभामा नयाँ युवाहरू पनि धेरै जोडिन्दै आएको समष्टि अध्यक्ष गाइस सुब्बाले जानकारी दिएका छन् ।यसै क्रममा परबोङ बस्ती शाखालाई पुनर्गठन गर्ने सभाले प्रस्ताव पारित गर्दै अध्यक्ष पदमा रत्नकुमार छेत्री, उपाध्यक्षमा सनबहादुर सुब्बा अनि बिक्रम सुब्बालाई सर्वसहमतिले चयन गरिएका छन्। यसै गरी सचिवमा जोस सुब्बा अनि रोशन प्रधानलाई चयन गरिएका छन् भने कोषाध्यक्षमा सनबहादुर सुब्बा अनि विक्रम सुब्बा, मुख्य सल्लाहकारहरुमा राजेस छेत्री अनि अनिल सुब्बालाई चयन गर्दै आठ जनालाई कार्यकारिणी सदस्यहरुमा चयन गरिएका छन्।
सभामा केन्द्रीय समिति सदस्य आरसी गुरुङ, समष्टि अध्यक्ष गाइस सुब्बा, गोरायुमो समष्टि अध्यक्ष अमोद लकान्द्री, सचिव जीवन प्रधान सहसचिव आसिम सुब्बाले आ-आफ्नो वक्तब्य राखेका थिए।