सिलगढी: राज्यमा कोरोनाको प्रकोप फेरि बिस्तारै बिस्तारै बढिरहेछ। सिलगढी स्टुडेन्ट्स सोसाइटी आज सर्वसाधारणलाई यसबारे जागरुक गराइ रहेका छन्। सिलगढी जिल्ला अस्पतालमा उपचारको निम्ति आएका रोगीका सदस्यगणलाई कोरोनाबारे जागरुक गराइयो। संस्थाको तर्फबाट कोरोना सङक्रमणबाट बाँच्नलाई मास्क तथा सेनिटाइजर पनि वितरण गरियो। विवेक झा यस सङ्गठनका सदस्यले बताए कि २०२० र २०२१ ना कोरोनाको भयावह स्थिति देखिसकेको छौ। अब सोही भयावहस्थिति फर्कि नआवोस भन्ने हेतु संस्थाको तर्फबाट सर्बसाधारणलाई कोरोनाबारे जागरुक गराइएको हो।