११ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा जीजी बोइजले टीएफसी सिक्किमलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट कुमार भुजेलले २ गोल गरे। यसबाहेक रमेश लिम्बु र रेमण्ड लेप्चाले १-१ गोल गरे। यसरी दिनको दोस्रो म्याचमा कालीझोड़ा युवा परिवारले फाल्कञ्ज एफसी रम्बीलाई २-०-ले पराजित गऱ्यो। म्याचमा केवाईपी-बाट कुन्दन भूटिया र सुमित गुरुङले १-१ गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ।

दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।