दार्जीलिङ: सभासद प्रमोस्कर ब्लोनले भारतीय संविधानको धारा १६ को उल्लघंन गरेको बताउँदै हाम्रो पार्टीले राज्य निर्वाचन आयोग समक्ष उजुरी दर्ता गरेको छ। गत ३ सेप्टेम्बरको दिन दार्जिलिङको मोटर स्ट्याण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जीलिङ महकुमा समितिले जनसभाको आयोजना गरेको थियो। उक्त जनसभालाई सम्बोधन गर्ने क्रममा भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव घूम जोरबंगलो समष्टिको निर्वाचित सभासद प्रमोस्कर ब्लोनले भागोप्रमो केन्द्रीय उपाध्यक्ष भएको नातामा घोषणा गर्दै ‘जीटीएमा जे जति नोकरीहरू अनि सहुलियतहरू आउँछ सबै आफ्नै पार्टीको कार्यकर्ता एंव समर्थकहरूलाई दिने र जे गर्छौ गर ट म पनि हेर्छु। शिक्षक भएर सभ्य भाषा बोलेको त नटेर्दो पो रहेछ मोराहरूले …. म मेरो घूम जोरबंगलो समष्टिमा त मेरो पार्टीको कार्यकर्ताहरूलाई मात्र नोकरी एंव काम दिन्छु। केस गर्छौ भने पनि गर। पूत्ला जलाउँछौं भने जलाऊ। मेरो राम्रो पूत्ला बनाएर दिन्छु। म मेरो जम्मै काम मेरो पार्टी कार्यकर्ताहरूलाई मात्र दिन्छु। जे गर्नु सक्छौं गर। म आज घोषणा गर्छु’ भन्ने शब्दहरू जनसभाको मञ्चबाट घोषणा गरेको थिए। प्रमोस्कर ब्लोनको हाम्रो पार्टी केन्द्रीय समितिको कानुनी प्रमुख सल्लाहकर एंव अधिवक्ता वीरेन्द्र रसाइलीले बताएका छन्। उनले भने, भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव सभासद प्रमोस्कर ब्लोनले भारतीय संविधानको धारा १६ को खुल्ला रूपमा उल्लंघन गरेको रसाइलीले दोहोराए। एक निर्वाचित जन प्रतिनिधिले सबैलाई एक समान व्यवहार र्नुपर्छ अनि सरकारद्वारा आएको जे जति सहुलियतहरू हुन्छ त्यसलाई भेदभाव नगरी सबैलाई समान नजरले वितरण गर्नुपर्छ। तर भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव निर्वाचित सभासद प्रमोस्कर ब्लोनले यसको उल्लघंन गरेको रसाइलीले पुनः दोहोराए। उनले अघि भने, मलाई निर्वाचन आयोगमाथि पूर्ण विश्वास छ। यस विषयमाथि निष्पक्ष जाँच गर्नेछ साथै जाँच कार्य पूरा नभएसम्म सभासद प्रमोस्कर ब्लोनलाई सस्पेन गरिनु पर्ने मांग पनि रसाइलीले गरेको छ। यसै क्रममा अधिवक्ता वीरेन्द्र रसाइलीले अझ भने, ‘गत २०२१ मा सम्पन्न भएको टेट नक्कली रहेको खबर छ। यस विषयमाथि आफुहरूले कोलकता हाई कोर्टको अधिबटवक्ताहरूसंग मिलेर शीघ्र नै उच्च न्यायलयमा मामला दर्ता गर्नेछौं।’