नयाँ दिल्ली: नयाँ दिल्लीमा जी-२० शिखर सम्मेलनमा राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिलाई लिएर कांग्रेस र टीएमसी बीच नयाँ विवाद शुरु भएको छ। कांग्रेसका वरिष्ठ नेता अधीर रञ्जन चौधरीले जी-२० डिनरमा भाग लिने ममता ब्यानर्जीको निर्णयमाथि प्रश्न उठाए। उनले प्रश्न गरे कि यसले नरेन्द्र मोदी नेतृत्वको सरकार विरुद्धको अडानलाई कमजोर बनाउँदैन?
अधीर रञ्जनले भने, ‘मुख्यमन्त्री ममता ब्यानर्जी रात्रिभोजमा भाग लिन एक दिन अघि दिल्ली पुगेकी थिइन्। उनी डिनरमा नआएको भए केही हुने थिएन। आकाश झर्दैनl’ चौधरीले सोधे कि उनी रात्रिभोजमा आउनुको पछाडि अरु कुनै कारण छ? चौधरीले यी नेताहरुसँगको डिनर पार्टीमा सहभागी हुन दिल्ली आउन के कारणले उत्प्रेरित भयो भन्नेमा अचम्म लागेको बताए। उनले भने, ‘देशका धेरै मुख्यमन्त्रीले डिनर बहिष्कार गरेका छन्। संसदमा विपक्षी दलका नेता मल्लिकार्जुन खरगेलाई रात्रिभोजमा निम्तो दिइएन। बंगालकी मुख्यमन्त्री योगी र अमित शाहको छेउमा खानाको टेबलमा बसिरहेकी थिइन्l’ । उल्लेखनीय छ, टीएमसी प्रमुख शनिबार हुने डिनर पार्टीका लागि शुक्रबार दिल्ली पुगेकी थिइन्। अधीर रञ्जनको कथनको जवाफ दिँदै, टीएमसी राज्यसभा सांसद शान्तनु सेनले भने, ‘सबैलाई थाहा छ कि मुल्ह्य्मंत्री ममता ब्यानर्जी विपक्षी गठबन्धन आईएनडीआईएका वास्तुकार हुन् र उनको प्रतिबद्धतामा कसैले प्रश्न गर्न सक्दैनl’ उले भने, ‘प्रोटोकल अनुसार मुख्यमन्त्री जी-२० डिनरमा सहभागी हुन कहिले जाने भन्ने निर्णय चौधरीले गर्नेछैनl’ चौधरीले दिल्लीमा भएको जी-२० डिनरमा भाग लिने पश्चिम बंगालको मुख्यमन्त्रीको निर्णयमाथि प्रश्न उठाएपछि, टीएमसी नेता सौगता रोयले भने, ‘पश्चिम बंगालकी मुख्यमन्त्रीको रूपमा ममता ब्यानर्जीलाई जी-२० डिनरमा राष्ट्रपति द्रौपदी मुर्मुले आमन्त्रित गरेकी थिइन्। उनी शिष्टाचारमा उपस्थित भइन्। यसको कुनै राजनीतिक महत्व छैन र अधीर रञ्जन चौधरीले यसमा टिप्पणी गर्नु हुँदैनथ्योl’