यूरो कप क्वालीफायरःडेनमार्क, नीदरल्याण्ड्स र ग्रीसको जीत

photocollage_2023911194259331.jpg

११ सेप्टेम्बरः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) क्वालीफाईंग राउण्डमा नीदरल्याण्ड्सको साथमा डेनमार्क, ग्रीस र सर्बियाले जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको ग्रुप बी-को म्याचमा नीदरल्याण्ड्सले आयरल्याण्डलाई २-१-ले पराजित गऱ्यो। म्याचमा एडम इडाहले पेनल्टीबाट गोल गरी आयरल्याण्डलाई चौथो मिनटमै बढ़त दिलाए पनि डच टीमलाई जीत हासिल गर्नदेखि रोक्न सकेन। नीदरल्याण्ड्सबाट कोडी गाक्पोले १९औं (पेनल्टी) र वोट वेगहर्स्टले ५६औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा ग्रीसले जिब्राल्टरलाई ५-०-ले पिट्यो। विजेता टीमबाट कन्स्टानटिनोस माव्रोपानोस र जियोर्जस मासौरसले २-२ गोल गरे। ग्रुप बी-मा नीदरल्याण्ड्स र ग्रीससँग ९-९ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा डच टीम फ्रान्सपछि दोस्रो स्थानमा रहेको छ। यसरी डेनमार्कले ग्रुप एच-को म्याचमा फिनल्याण्डलाई १-०-ले पराजित गऱ्यो। पिएर-एमिल होजबर्गले ८६औं मिनटमा गोल गरी आफ्नो टीमलाई जीत दिलाए। यस ग्रुपको अन्य एउटा म्याचमा स्लोवेनियाले सान मारिनोलाई ४-०-ले पराजित गऱ्यो। ग्रुपको शीर्ष दुईमा रहने टीमसँग १३-१३ पोइण्ट्स रहे पनि गोल अन्तरको आधारमा स्लोवेनिया पहिलो अनि डेनमार्क दोस्रो स्थानमा रहेको छ। यसबीच पोल्याण्डले चाहिँ ग्रुप ई-को म्याचमा अल्बेनिया विरुद्ध हारको सामना गर्नु पऱ्यो। विजेता टीमबाट जासिर असानीले ३७औं र मिरलिण्ड डाकुले ६२औं मिनटमा गोल गरे। ग्रुपमा १० पोइण्ट्सको साथ अल्बेनिया शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement