तलब बृद्धि र विभिन्न मागमा आशाकर्मीहरूद्वारा दार्जिलिङमा र्‍याली निकालेर केही क्षण यातायात अवरूध्द

IMG-20230911-WA0295.jpg

माग पूरा नभए ६ अक्टोबरदेखि पेन डाउन हडताल गर्ने चेतावनी

दार्जिलिङ: तलब बृद्धि गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै आज दार्जिलिङमा र्‍याली निकालेर आशाकर्मीहरूले शहरमा दश मिनेटसम्म यातायात अवरुद्ध गरेका थिए। रेलवे स्टेशनबाट शुरु भएको र्‍यालीले चोक बजारमा जम्मा भएर केही बेरसम्म सडक अवरुद्ध पारेर नाराबाजी गर्दै दार्जिलिङ जिल्ला अस्पतालमा जम्मा भएका थिए। यस अवसरमा आशाकर्मी सारिका राईले आफूले पाएको भत्ता निकै कम रहेको बताइन्। उनले धेरै मेहनत गर्नु पर्ने हुँदा चार हजार पाँच सय मात्रै पाइरहेको उनले बताइन्। उनले भनिन्, ‘आफूले पाएको प्रोत्साहनमा पनि ढिलाइ भएको र तराईमा पाउनेभन्दा कम भएको बताइन्। संघका प्रदेश सचिव इश्मती आरा खातुनले राज्य सरकारले आफूहरूलाई वञ्चित गरेको बताइन्। पश्चिम बंगाल आशाकर्मी युनियनको ब्यानरमा आज भएको कार्यक्रमले दार्जिलिङ अस्पताल प्रशासनलाई मागको सूची समेत बुझाएको छ।

अन्य मागहरुमा युनिफर्म उपलब्ध गराउनु पर्ने, पीएमएमभीवाईको (PMMVY)काम गर्न नपाउने, प्रोत्साहन रकमको वितरण तुरुन्तै बन्द गर्नु परेको थियो। उनीहरुले आशा कर्मचारीको प्रोत्साहन भत्ता र पारिश्रमिक बृद्धि गर्न, अनलाइन काम गर्न स्मार्ट मोबाइल, प्रोत्साहन र मोबाइल रिचार्ज हरेक महिना सही समयमा भुक्तानी गर्न, अतिरिक्त शुल्क, स्पेक्ट्रम र तालिमका लागि यात्रा रकम उपलब्ध गराउन माग गरेका छन्। मागको सूचीमा पनि उल्लेख छ।

सरकारी कर्मचारीहरू जस्तै आशाकर्मीहरूका लागि सबै बिदाहरू घोषणा गरिनुपर्छ, जीवन बीमा र पीएफसहित मातृत्व बिदा उपलब्ध गराउनु पर्छ। युनियनले आफ्ना माग पूरा नभए ६ अक्टोबरदेखि पेन डाउन हडताल गर्ने चेतावनी समेत दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement