तृणमूल छात्रा परिषद द्वारा हाँसीमारा चौपतिमा पथसभा

IMG-20220711-WA0195.jpg

कालचिनी: आगामी २१ जुलाईको दिन कलकत्ताको धर्मतलामा सम्पन्न हुने शहीद दिवसलाई केन्द्र गर्दै तथा आगामी १२ जुलाईको दिन धुपगढीमा तृणमूल सांसद तथा एआईटीसीका महासचिव अभिषेक ब्यानर्जीको जनसभालाई सफल बनाउने उद्देश्यले आज तृणमूल छात्रा परिषद कालचिनी ब्लक कमिटीको आह्वानमा कालचिनी खण्डको पुरानो हाँसीमारा चौपतिमा एउटा वृहत पथसभाको आयोजना गरिएको जानकारी तृणमूल छात्रा परिषद कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले दिएका छन्। आज उक्त पथसभामा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाइक, तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामी लगायत टीएमसीपी अलिपुरद्वार जिल्ला सभापति समीर घोष, तृणमूल कालचिनी ब्लक सभापति तथा टीसीबीएसयूका केन्द्रिय सभापति बिरेन्द्र बारा उराउँ, जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा, डीपीएससी चेयरम्यान परितोष बर्मन एवम् अन्यान्य नेतृत्वहरूको विशेष उपस्थिति रहेको थियो। उपस्थित नेता वक्ताहरूले आगामी २१ जुलाईको दिन धर्मतला जाने सबैलाई आह्वान गर्दै त्यस अघि १२ जुलाईको दिन धुपगढीमा तृणमूल सांसद तथा एआईटीसीका महासचिव अभिषेक ब्यानर्जीको जनसभालाई सफल बनाउन दलबलको साथमा धुपगढी जाने आह्वान गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement