सिलगढीमा युवतीको रहस्यमय मृत्यु, प्रेमीले धोका दिएको आरोप

IMG-20230911-WA0211.jpg

सिलगढ़ी: प्रेममा धोका दिएर पीड़ित एक युवतीले गरिन् आत्महत्या। घटना उत्तरबङ्गाल मेडिकल कलेज नजिकैको सुश्रुतानगर क्षेत्रमा भएको हो। मृतक युवतीको नाम स्नेह साहा रहेको र उनको उमेर १९ वर्ष रहेको बताइएको छ। सिलगढ़ीको रथखोला क्षेत्रका रोहित साहा नामका युवकसँग उनको लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। उनीहरु बिहे गर्ने तयारीमा थिए। तर केही दिनअघि युवकले युवतीसँग सम्बन्ध तोडे़का थिए।

यस घटनाबाट दुखित युवतीले आत्महत्या गरिन्। मृतकका परिवारले आरोपित युवकविरुद्ध पुलिस स्टेशनमा लिखित उजुरी दिएका छन्। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement