सिलगढी: बागडोगरा स्टेशनमा गुवाहाटी-राँची विशेष साप्ताहिक ट्रेनको स्टपेज आजबाट शुरु भयो। दार्जिलिङका सांसद राजु विष्टले सोमबार बागडोगरा रेलवे स्टेशनमा गुवाहाटी-राँची स्पेशल ट्रेनको स्टपेजको उद्घाटन गरे। स्टपेजको अवसरमा बागडोगरा रेलवे स्टेशनमा एक कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा मतिगढ़ा-नक्सलबारी विधायक आनन्दमय बर्मन, कटिहार डिभिजनका डीआरएम सुरेन्द्र कुमार, वरिष्ठ डिभिजनल कमर्शियल म्यानेजर जी. प्रशान्त कुमार र अन्य उपस्थित थिए। सांसद राजु विष्टले यो ट्रेनको स्टप बागडोगराका जनताको निम्ति रहेको बताउँदै आगामी दिनमा राजधानी र दिघा जाने पहाड़िया एक्सप्रेसको स्टपेज पनि हुने ठोकुवा गरे।

दार्जिलिङमा ५००० करोडको धेरै विकास परियोजनाहरू चलिरहेको र एयरपोर्टको विकास बाहेक अमृत कार्यक्रम मार्फत सिलगढी टाउन स्टेशनमा पानी परियोजना स्थापना गरिने थप बताए।