खरसाङ: ५ डेसिमल जमीनको पर्जा पट्टाको कुरा जनताले बुझिसके र यो लिनु नलिनु जनताले आफै निर्णय लिन्छ र यसको कुरा अब बन्द गरौं भनी बौध्द धर्म गुरु एंव भाजपा नेता पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले अब दशैं आउन लागेकोले चियाबारी श्रमिकहरूका लागि २० प्रतिशत बोनस दिलाउन पहल गर्नुपर्छ भनी बताएका छन्। उनले चिया श्रमिकहरूका लागि बीस प्रतिशत बोनस दिलाउन सबै राजनैतिक दलहरू एकबध्द भएर आवाज उठाउनुपर्छ भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले भागोप्रमो अध्यक्ष अनित थापाप्रति कटाक्ष गर्दै भने, कोरोनाकालमा संग्रह गरिएको रिलिफ फण्ड २ करोड़ १२ लाख ३६ हजार श्रमिकहरूलाई दशैं अघि चियाबारी श्रमिकहरूलाई वितरण गरिनुपर्छ भनी हाम्रो मांग छ। भागोप्रमोलाई चियाबारी श्रमिकहरूले भोट दिएर जिताएको छ र अब श्रमिकहरूका लागि काम गर्ने पालो आएको छ।’