दालखोला नगरपालिकाले फुटपाथ अतिक्रमणमुक्त गर्न अभियान शुरु गऱ्यो

IMG-20230911-WA0250.jpg

उत्तर दिनाजपुर: दालखोला नगरपालिकाको पूर्णियामोड़ राष्ट्रिय राजमार्गको फुटपाथ अतिक्रमण हटाउन नगरपालिका चेयरम्यान स्वदेश सरकारले पुलिससँग मिलेर अभियान चलाए। दालखोला नगरपालिकाको पूर्णियामोड़ ३१ मा लामो समयदेखि केही व्यवसायीले फुटपाथ कब्जा गरेर व्यावसाय थालेको बताइएको छ। सर्वसाधारणदेखि गाडी चालकसम्मलाई आवतजावतमा कठिनाइ भएको र यससँगै यो महत्वपूर्ण क्षेत्रमा चरम ट्राफिक जामको समस्या भएकोले नगरपालिका प्रशासनको ध्यानाकर्षणमा आएलगत्तै दालखोला नगरपालिकाका चेयरम्यान स्वदेश सरकारले सोमबार दिउँसो अतिक्रमण हटाउने अभियान शुरु गरेका थिए भने यस दिन उनले पुलिस प्रशासनलाई पनि अतिक्रमण हटाउन अभियानमा साथ लिएका थिए।

चेयरम्यानले आगामी दिनमा यस क्षेत्रमा राष्ट्रिय राजमार्ग पुनः कब्जा गर्ने व्यवसायीलाई कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement